सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरीको प्रवक्तामा डिआइजी भट्ट

२०८२ माघ २१, ०४:२४ खबर संवाददाता

काठमाडौँ: सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी विष्णुप्रसाद भट्टले पाएका छन्। आईजी राजु अर्यालले बुधबार भट्टलाई सशस्त्रको प्रवक्ता तोकेका हुन्।

यसअघिका प्रवक्ता तथा सूचना अधिकारी डीआईजी मनिष थापा सशस्त्र प्रहरी बलको नम्बर–१ बराह बाहिनीमा सरुवा भएका थिए। भट्ट यसअघि सशस्त्र प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत थिए।

कमेन्ट लोड गर्नुस