सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीका एक युवक खैरो हेरोईनसहित पक्राउ

२०८२ माघ २१, ०८:३९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका एक युवक खैरो हेरोईनसहित पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–१० जर्सिखल्लाबाट ८५० मिलिग्राम खैरो हेरोईनसहित बेलौरी नगरपालिका–९ रतनपुर बस्ने २३ वर्षीय उमेश कुमार भट्ट खैरो हेरोईनसहित पक्राउ परेका हुन्। भट्टलाई मंगलवार साँझ भारतबाट नेपाल तर्फ संकास्पद रुपमा पैदल आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस