बालेन शाह बने फेसबुकमा सर्वाधिक फलोअर भएका नेपाली
काठमाडौँ: महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) फेसबुकमा सर्वाधिक फलोअर हुने नेपाली बनेका छन्। उनको आधिकारिक फेसबुक पेजमा ३४ लाख ६२ हजारभन्दा बढी फलोअर पुगेपछि उनले अभिनेत्री रेखा थापालाई उछिनेका हुन्।
रेखा थापाको फेसबुक पेजमा ३४ लाख ४६ हजार फलोअर छन्। बालेनको छुट्टै फेसबुक अकाउन्टमा ४ लाख ५२ हजार र इन्स्टाग्राममा १० लाखभन्दा बढी फलोअर रहेका छन्।
रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका बालेन आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार छन्, जहाँ एमाले अध्यक्ष केपी शर्मा ओली पनि प्रतिस्पर्धामा छन्।