सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लायन्स क्लबद्वारा आँखा शिविर सञ्चालन 

२०८२ माघ २०, ११:०० खबर संवाददाता

धनगढीः लायन्स क्लबद्वारा आँखा शिविर सञ्चालन गरिएको छ।

धनगढी उपमहानगरपालिका-१ एलएन चोकमा रहेको एलजी एकेडेमीको प्रांगणमा सोमवार उक्त शिविर सञ्चालन भएको क्लबले जनाएको छ।

लायन्स क्लब धनगढी, लायन्स क्लब धनगढी क्विन, लायन्स क्लब धनगढी सुर्कुटी, लायन्स क्लब धनगढी आस्थाको आयोजनामा भएको उक्त आँखा शिविरबाट तीन सय बढीले सेवा लिएका छन्। जानकी जोशीको प्रमुख अध्यक्षतामा भएको उक्त शिविरमा संजिता कुवँर सभापति तथा अन्य विशिष्ट अथितिहरुको सहभागीता रहेको थियो। 

कमेन्ट लोड गर्नुस