सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार धनगढीका एक जना पक्राउ

२०८२ माघ २०, ०८:३० खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय र ५ सय जरिवाना तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका-१३ बस्ने ३० वर्षीय घुमन राना पक्राउ परेका हुन्। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस