सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित २ जना पक्राउ 

२०८२ माघ २०, ०८:२४ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–६ जालीबाट सोही ठाउँ बस्ने २३ वर्षीय विशाल चौधरी ४९० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्। चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएको छ। 

यसैगरी घोडाघोडी नगरपालिका–१ बेलारबाट सोही ठाउँ बस्ने ३० वर्षीय दिनेश कुवँरलाई १०० मिलिग्राम लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ। कुवँरलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिई थप अनुसन्धान  गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस