बेलौरीबाट खैरो हेरोइनसहित धनगढीका २ युवक पक्राउ
धनगढीः कञ्चनपुरको बेलौरीबाट खैरो हेरोइनसहित कैलालीको धनगढीका २ युवक पक्राउ परेका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका-१० जर्सिखल्ला स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से २ प ३३४० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-११ बेली बस्ने २६ वर्षीय दिपेन्द्र चौधरी र मोटरसाइकल पछाडी सवार धनगढी उपमहानगरपालिका-६ मटियारी बस्ने ३३ वर्षीय रमेश मल्ल खैरो हेरोइनसहित पक्राउ परेका हुन्।
उनीहरुको साथबाट २ ग्राम ४० मिलिग्राम खैरो हेरोइन पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।