सुदूर नेपाललाई विश्वसँग जोड्दै

पलियाबाट धनगढी आउने क्रममा बाइक दुर्घटना, युवकको मृत्यु

२०८२ माघ १९, ०९:१६ खबर संवाददाता

धनगढी: भारतको पलियाबाट धनगढी आउने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक युवको ज्यान गएको छ। भारतीय प्रहरीका अनुसार सोमवार पलिया(दुधुवा सडकमा भएको मोटरसाइकल दुर्घटनामा धनगढीका एक युवको ज्यान गएको हो।

धनगढीतर्फ आइरहेको मोटरसाइकल दुधुवा टाइगर रिजर्वस्थित सहेली नदी नजिक दुर्घटनामा परेको स्थानीय थानाका प्रभारी पंकज त्रिपाठीले जानकारी दिएका हुन्। उनका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल रुखमा ठोक्किएर दुर्घटना हुँदा बाइकमा सवार युवकको घटनास्थलमै ज्यान गएको हो।

भारतीय प्रहरीले युवको शव स्थानीय अस्पतालमा पुर्‍याएको तर मृतकको पहिचान नखुलेको बताइएको छ।

भारतीय प्रहरीले मृतकको पहिचान गर्न कैलालीस्थित नेपाल प्रहरीसँग समन्वय भइरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस