कांग्रेसलाई विजय गराउन सुदूरपश्चिमका मुख्यमन्त्रीको आह्वान
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने बताएका छन।
नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर २ ले लम्कीमा आयोजना गरेको वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले वर्तमान अवस्थामा लोकतन्त्र चुनौतीमा परेकाले यसको रक्षाका लागि नेपाली कांग्रेसको बहुमत अपरिहार्य रहेकोमा जोड दिए।
उनले पार्टीभित्रका आन्तरिक विभिन्न मतभेदलाई थाती राखी अहिलेको आवश्यकता एकता रहेको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई एकजुट भई नेपाली कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक बहुमतका साथ विजयी गराउन आह्वान गरे। मुख्यमन्त्री शाहले फागुन २१ गते हुने निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने भुमिकामा प्रदेश सरकार रहेको बताए।