राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गर्दै घरदैलो सुरू
धनगढीः कैलाली-५ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर सिंहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरेर चुनावी अभियानको थालनी गरेका छन्। चन्दले राष्ट्र निर्माताको सम्मान गर्दै सोमवारबाट धनगढीमा घरदैलो सुरू गरेका हुन्।
चन्दले राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहलाई सम्मान गर्दै मुलुको एकता र विकासका लागि मत माग्न सुरू गरेको बताएका छन्। उनले सर्वसाधारणले रास्वपाप्रति सुद्भाव राखेको पाएको दाबी गरेका छन्। 'हामीलाई मतदाताले खोजिरहेका छन्, उहाँकहरुको प्रतिक्रियाले हामीलाई हौसला मिलेको छ,' उनले भने, 'चुनावी अभियानमा रास्वपा एक ढिक्का भएर लागेको छ।'
अहिले रास्वपाको पक्षमा नागरिक रहेकाले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्ने एजेण्डा बोकेर मत मागिरहेको चन्दले बताएका छन्। उनले पाँच वर्षको क्यालेण्डर बनाएरै मतदाता माझ जाने बताएका छन्।
'सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्ने, सरकारी स्वास्थ्य सेवाको विकास गर्ने, सेतीलाई केन्द्रीय अस्पताल बनाउने, गेटामा आगमी वर्षबाट चिकित्सा शिक्षाको पढाइ सुरू गर्ने लगायतका मुद्दा रास्वपाले उठाएको छ,' उनले भने, 'धनगढीका मेयरले गरेको कामको निरन्तरता दिँदै थप विकासका काम गर्नुपर्छ। हामी पाँच वर्षको क्यालेण्डर बनाइ रहेका छौँ र त्यसको हरेक तीन-तीन महिनामा गरेका कामको सर्वजनिक लेखाजोखा गर्ने छौँ।'
रास्वपाको मुख्य एजेण्डा नै सुशासन कायम गर्नु भएकाले सुशासन कायम गर्न आफूले मत मागिरहेको र सर्वसाधारणको समर्थन प्राप्त भइरहेको चन्दको दाबी छ। उनले गौरीफन्टा नाकाको स्तरोन्नति गर्ने, सबै नागरिकको घर-घरमा स्वच्छ पिउने पानीको पहुँच विस्तार गर्ने, रोजगारी सिर्जना गर्न स्थानीय पालिकासँग मिलेर सङ्घीय सरकारले योजना र कार्यक्रम चलाउनुपर्ने जस्ता चुनावी रास्वपाको रहेको चन्दले बताएका छन्।