सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलुचिस्तानमा पाकिस्तानी सुरक्षा बल र बिएलए लडाकूबीच ४० घन्टा भिडन्त

२०८२ माघ १९, १२:०३ खबर संवाददाता

पाकिस्तान: इरान र अफगानिस्तानसँग सीमाना जोडिएको पाकिस्तानको बलुचिस्तान प्रान्तमा सरकारी सुरक्षा बल र पृथकतावादी लडाकू समूहबीच करिब ४० घन्टासम्म लगातार भिडन्त भएको छ। बलुचिस्तानका मुख्यमन्त्री सर्फराज बुग्तीका अनुसार शुक्रबार र शनिबार दुई दिनसम्म चलेको यस भिडन्तमा १४५ जना लडाकू मारिएका छन्।

मुख्यमन्त्री बुग्तीले भिडन्तका क्रममा सरकारी सुरक्षा बलका सदस्य र सर्वसाधारण गरी कम्तीमा ५० जनाको ज्यान गएको जानकारी पनि दिएका छन्। पाकिस्तानी सुरक्षा बलका अनुसार छोटो अवधिमा यति ठूलो संख्यामा लडाकू मारिएको यो पछिल्ला केही वर्षयताकै सबैभन्दा घातक कारबाही हो।

यसैबीच, पाकिस्तानी सेनाले उक्त आक्रमण भारतको समर्थनमा भएको आरोप लगाएको छ।

कमेन्ट लोड गर्नुस