सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार २ जना कैलालीबाट पक्राउ

२०८२ माघ १९, ०७:३४ खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दामा फरार २ जना कैलालीबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार  जरिवाना तोकिएको कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बस्ने ३५ वर्षीय चन्द्रबहादुर दमाई र धनगढी उपमहानगरपालिका–१ बस्ने २९ वर्षीय हरिशबहादुर जाग्री रहेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस