सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालेनको चुनावी अभियानमा अछाम पुगेर बेहोस् भएका पत्रकारको मृत्यु

२०८२ माघ १८, ०२:०० खबर संवाददाता

काठमाडौँः  पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) का कारण उनी बिरामी परेका थिए।

अछाममा रहेका बेला अचानक बेहोश भएर ढलेपछि सिटौलालाई शुक्रबार उपचारका लागि काठमाडौं ल्याइएको थियो। ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा चिकित्सकले आज दिउँसो १२ः४५ बजे उनलाई मृत घोषणा गरेका हुन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ।

४३ वर्षीय सिटौला अविवाहित थिए। उनका पिता, एक दिदी र दुई दाजुभाइ छन्। चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत रहेका सिटौलाले सयौँ नेपाली चलचित्रको प्रचार–प्रसार तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीसँगै सिटौला अछाम पुगेका थिए। त्यही क्रममा उनी अस्वस्थ भएका थिए।

कमेन्ट लोड गर्नुस