सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाल जोशीले दौरा–सुरुवालमा अन्टार्टिकामा म्याराथन पूरा गरे

२०८२ माघ १८, ०१:२७ खबर संवाददाता

धनगढी: नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा–सुरुवालमा अन्टार्टिकामा ४२ किमि म्याराथन पूरा गर्दै कीर्तिमान बनाएका छन्। माइनस २० डिग्री तापक्रममा सम्पन्न म्याराथनमा जोशीले नेपाली र अमेरिकी झण्डा फहराए।

यो म्याराथन वर्ल्ड म्याराथन च्यालेञ्ज ‘७७७’ को पहिलो चरण हो, जसमा ३२ देशका ५६ धावक सहभागी थिए। सात दिनमा सातै महादेशमा म्याराथन हुने यस प्रतियोगितालाई ‘७७७ म्याराथन’ भनिन्छ।

सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा बस्दै आएका छन्। उनी बैंकर्स हुन् र सामाजिक कार्यका लागि दौडिन थालेका हुन्। यसअघि उनले विश्वका विभिन्न देशमा झण्डै दुई दर्जन म्याराथनमा भाग लिइसकेका छन्।

कमेन्ट लोड गर्नुस