सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चुनावी अभियानमा जुट्यो एमाले

२०८२ माघ १७, ०४:५४ खबर संवाददाता

धनगढी: नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी  फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कैलालीमा विभिन्न कार्यक्रम गर्दै आएको छ । पार्टीले टोलस्तरीय बैठक, भेला, निर्वाचन परिचालन समिति, उपसमिति गठनलगायतका काम एकसाथ अघि बढाएको छ ।

एमालेका केन्द्रीय, प्रदेशस्तरका तथा स्थानीय नेताहरू मतदातासँग प्रत्यक्ष संवादमा जुट्दै विगतका उपलब्धि र आगामी योजनाबारे जानकारी गराइरहेका छन् । एमाले उपमहासचिव लेखराज भट्टले आज चुरे गाउँपालिका वडा नं. ५, ३ र ६ मा चुनावी वडा कार्यालयको उद्घाटन गरे ।

उनले एमालेलाई जिताउन सम्पूर्ण पार्टी एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । यसैगरी धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा वडा कार्यालय स्थापना गरिएका छन् ।
 

कमेन्ट लोड गर्नुस