सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट ३ लाख ४३ हजारको सामान नियन्त्रणमा

२०८२ माघ १७, ०८:१९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले ३ लाख ४३ हजारको सामान नियन्त्रणमा लिएको छ।

जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–१० जिमुवा, दोधारा चाँदनी नगरपालिका–१० कुटियाकभर र बेलौरी नगरपालिका–२ बैजुडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख  ४३ हजार १ सय बराबरको सामान नियन्त्रणमा लिएको हो।

उक्त मुल्य बराबरको आलु, पेय पदार्थ, बिभिन्न किसिमका कपडा, चप्पल, मसाज गन, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस