सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुनावी अभियानका लागि बालेन शाह अछाम पुगे

२०८२ माघ १६, ०२:०५ खबर संवाददाता

अछामः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुन अछाम पुगेका छन्। आगामी निर्वाचनका लागि रास्वपाका तर्फबाट अछाम क्षेत्र नम्बर २ का उम्मेदवार भूपदेव शाहको समर्थनमा बालेन मंगलसेन पुगेका हुन्।

मंगलसेनमा आयोजित कार्यक्रममा नेता शाहले उम्मेदवार भूपदेवसँगै स्थानीय मतदाताहरूसँग साक्षात्कार गरेका छन्। रास्वपाले सुदूरपश्चिमका विभिन्न क्षेत्रमा आफ्नो संगठन विस्तार र चुनावी प्रचारलाई तीव्र बनाइरहेको सन्दर्भमा वरिष्ठ नेताहरूको यो दौडधुपले कार्यकर्तामा थप उत्साह थपेको छ। 

कमेन्ट लोड गर्नुस