धनगढी र टीकापुरबाट भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीः धनगढी र टीकापुरबाट भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ।
धनगढी उपमहानगरपालिका–२ र टकापुर नगरपालिका–९ ठोसे चोक स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ८९ हजार १ सय बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको छ।
भन्सार छलीका बिडी, सुर्ती, को–कोनट पाउडर, बेसन, सेफोलाईट केमिकल, बिजुली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीवार वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।