कञ्चनपुरबाट हाडबेयर र मोबाईलका सामान बरामद
२०८२ माघ १५, ०८:५४
कञ्चनपुरः कञ्चनपुरबाट हाडबेयर र मोबाईलका सामान बरामद गरिएको छ।
कञ्चनपुरको भीमदत्त नरपालिका–११ भुजेला स्थित अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ५ हजार ७४० बराबरको सामान बरामद गरिएको हो। उक्त मुल्य बराबरको हाडबेयर, मोबाईल कभर र किराना लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बुधवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
कमेन्ट लोड गर्नुस