सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहु बिवाह मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

२०८२ माघ १५, ०८:४४ खबर संवाददाता

कञ्चनपुरः बहु बिवाह मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको फैसलाले बहु बिवाह मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको लालझाडी गाउँपालिका-५ देखतभुली बस्ने ४५ वर्षीय सुरत कठायत पक्राउ परेका हुन्।कठायतलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घर ठेगानाबाट पक्राउ गरेको बताएको छ।

कमेन्ट लोड गर्नुस