कैलालीमा एम्वुलेन्सले रोकिएको ट्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते
धनगढीः कैलालीमा एम्वुलेन्सले रोकिएको ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु धएको छ भने एक जना घाइते भएका छन्।
कैलालीको गोदावरी नगरपालिका–९ खुटिया पुलमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ३६१८ नम्बरको एम्वुलेन्सले सोही दिशा तर्फ रोकी राखेको लु ५ त ३२२ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिंदा ट्याक्टरको छेउमा उभिएका कैलालीको कैलारी गाउँपालिका-५ पवेरा वस्ने ३० वर्षीय अक्षय चौधरीको सोमवार मृत्यु भएको हो।
एम्वुलेन्सको ठक्करबाट गम्भिर घाइते भएका अक्षयलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा सोही दिन नै मृत्य भएको अस्थायी प्रहरी बिट स्याउलेले जनाएको छ। सोही ट्याक्टरमा सवार गोदावरी नगरपालिका–९ वल्मी टोल बस्ने ६० वर्षीय साँकी चौधरी घाइते भएका छन्।
घाइते चौधरीको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ। एम्वुलेन्स र एम्वुलेन्स चालक घोडाघोडी नगरपालिका–१ बस्ने २५ वर्षीय प्रवेश चौधरीलाई अस्थायी प्रहरी बिट स्याउले, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।