सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा वेवारिसे काठ बरामद

२०८२ माघ १३, ०८:१० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा वेवारिसे काठ बरामद गरिएको छ।

शुक्लाफाटा नगरपालिका–८ मा रहेको बैजनाथ सामुदायिक वनमा बेवारिसे अवस्थामा साल जातको गोलिया थान–१० (७४.९४ क्युफिट) काठ प्रहरीले बरामद गरेको हो।

उक्त काठ इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा सोमवार फेला पारी नियन्त्रणमा लिएको बताएको छ। काठलाई आवश्यक प्रक्रिया पुरा गरि सब डिभिजन वन कार्यालय कलुवापुर, कञ्चनपुरको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस