धनगढीका एक युवक लागूऔषधसहित पक्राउ
२०८२ माघ १३, ०८:०६
धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१० सिमलघाटबाट सोही ठाउँ बस्ने २४ वर्षीय राम नारायण राना लागूऔषधसहित सोमवार पक्राउ परेका हुन्। रानालाई २ ग्राम २१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस