सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा श्रीमानले गरे आफ्नै श्रीमतिको हत्या 

२०८२ माघ १२, १०:४१ खबर संवाददाता

धनगढीः धनगढीमा श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–८ घर भई हाल धनगढी उपमहानगरपालिका– १३ राजपुर डेरा गरी बस्ने सतिङ दाहालले घरायसी बिबाद भई आफ्नै श्रीमती ३० वर्षीया हिरा दाहाललाई कुटपिट गरेर हत्या गरेका हुन्। हिरालाई आइतवार कुटपिट गर्दा उनी गम्भिर घाईते भएकी थिइन्।

उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल ल्याईएकोमा उपचारको क्रममा सोही दिन नै मृत्यु भएको जिलला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कुटपिट गर्ने उनको श्रीमान सतिङलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस