चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ
२०८२ माघ १२, ०७:२४
धनगढीः चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र १ हजार जरिवाना तोकिएको कैलालीको गोदावरी नगरपालिका-८ बस्ने २३ वर्षीय दिपेन्द्र राना पक्राउ परेका हुन्। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस