कस्तो रहनेछ आजको मौसम?
धनगढीः हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू– भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ। तराई भू–भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ। दिउँसो देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।