रास्वपा कैलाली–४ को क्षेत्रीय निर्वाचन सचिवालय स्थापना
अत्तरिया: राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय निर्वाचन सचिवालय स्थापना गरेको छ। आइतबार पार्टीका सह–प्रवक्ता रमेश प्रसाईँले सचिवालयको उद्घाटन गरेका हुन्।
सचिवालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रसाईँले रास्वपाले ८जान्नेलाई छान्ने८ नीतिअनुसार सक्षम र योग्य उम्मेदवारलाई चुनावी मैदानमा उतारेको बताए। उनले कैलाली–४ मा जुझारु, शिक्षासेवी तथा विद्वत् व्यक्तित्व खेमराज कोइरालालाई उम्मेदवार बनाइएको उल्लेख गर्दै, यही उम्मेदवार चयन नै जितको मुख्य आधार भएको धारणा राखे।
उनले पार्टीको नीति तथा उम्मेदवारका एजेन्डाबारे जनतालाई स्पष्ट रूपमा बुझाउन आवश्यक रहेको पनि बताए। राष्ट्रिय स्वतन्त्र पार्टीले कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि खेमराज कोइरालालाई उम्मेदवार बनाएको छ।