कैलालीमा खैरो हेरोइनसहित १९ वर्षीय युवक पक्राउ
कैलाली: हिजो साँझ ०६४५ बजेको समयमा जिल्ला कैलालीको टिकापुर नगरपालिका–९ स्थित खक्रौला चेकपोष्टमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंकास्पद व्यक्तिमाथि चेकजाँच गर्दा लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार जिल्ला बर्दिया, राजापुर नगरपालिका–२ नयाँ बस्ती निवासी १९ वर्षीय रचित कठरिया चौधरीको साथबाट करिब ७०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको हो। उक्त पदार्थसहित उनलाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।