सुदूर नेपाललाई विश्वसँग जोड्दै

इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा टेकराज पनेरु निर्विरोध निर्वाचित

२०८२ माघ १०, ०७:०४ खबर संवाददाता

धनगढी: इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन अफ नेपालको १४औँ वार्षिक साधारण सभा तथा सातौँ  अधिबेसन सभाबाट टेकराज पनेरु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

शनिवार धनगढीमा सम्पन्न सभाले पनेरुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिअन्तर्गत वरिष्ठ उपाध्यक्षमा यज्ञराज ओझा, उपाध्यक्षमा धर्मानन्द पाण्डेय, महासचिवमा हेमराज पन्त, सचिवमा अम्बिका भण्डारी तथा कोषाध्यक्षमा शिवराज उपाध्याय निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा अंकित भण्डारी, तेजराज पडाल, बलराम धमला, मसुरलाल चौधरी र हर्कबहादुर ठगुन्ना निर्वाचित भएका छन्।१४औँ वार्षिक साधारण सभा तथा सातौँ साधारण सभामा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य पुष्पराज कुवंर प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमा  कैलाली उद्योग वाणिज्य संघका सदस्यहरुको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा आधुनिक एआई प्रविधिको प्रयोग गर्दै मोबाइल एपमार्फत दियो बालेर कार्यक्रमको औपचारिक सुरुआत गरिएको थियो। सभामा विशिष्ट अतिथिका रूपमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर  राज ओझा सहभागी भएका थिए भने चेम्बर अफ कमर्सका प्रदेश अध्यक्ष विनोद मल्ल, लगायत  विभिन्न उद्योग–वाणिज्य संघका अध्यक्षहरू, ३० भन्दा बढी वस्तुगत संघका अध्यक्ष  तथा अन्य संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभामा संस्थाको भावी कार्यदिशा, व्यवसायिक हकहितको संरक्षण तथा इलेक्ट्रोनिक्स व्यवसायलाई थप व्यवस्थित, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने विषयमा व्यापक छलफल गरिएको आयोजकले जनाएको छ।

कमेन्ट लोड गर्नुस