बैंकिङ कसुर मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ
कञ्चनपुरः बैंकिङ कसुर मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ वैशाख ८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ महिना कैद सजाय र १२ हजार ५ सय जरिवाना तोकिएको भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोक बस्ने ४९ वर्षीय सुन्दर सिंह रावल पक्राउ परेका हुन्। रावललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।