सुदूर नेपाललाई विश्वसँग जोड्दै

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको अध्यक्षमा बञ्जाडे

२०८२ माघ ९, ०१:५४ रासस

काठमाडौँः जुत्ता चप्पल व्यवसायीको छाता संस्था फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको अध्यक्षमा सुरज बञ्जाडे निर्वाचित निर्वाचित भएका छन।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपेन्द्र थापा, तीन उपाध्यक्षमा योगेन्द्र पाण्डे, जीवनकुमार श्रेष्ठ र शङ्करकुमार गौतम निर्वाचित भएका छन्। । यस्तै महासचिवमा निर्मल भट्टराई र उपमहासचिवमा सुदीप बराल, सचिवमा छविलाल पौडेल र कोषाध्यक्षमा कुमार न्यौपाने निर्वाचित भएका हुन्।

कार्यसमितिको सदस्यमा विष्णुप्रसाद पौडेल, शौजन उपाध्याय, रोहितकुमार कार्की, चोलाप्रसाद पाठक, अशोककुमार श्रेष्ठ, सङ्केत मुरारका, राजेश बगडिया/अग्रवाल, करन गौतम र कुमार लामिछाने निर्वाचित भएका छन्। एशोसिएसनका नवनिर्वाचित अध्यक्ष बञ्जाडेले नेपाली फुटवेयर उद्योगको प्रवद्र्धन, उत्पादनको गुणस्तर अभिवृद्धि तथा व्यवसायीको हकहितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। 
 

कमेन्ट लोड गर्नुस