सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली-४ मा रास्वपा उम्मेदवार फेरियो, कोइरालालाई आधिकारिकता

२०८२ माघ ७, ०५:१६ खबर संवाददाता

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली जिल्ला निर्वाचन क्षेत्र नं. ५ का लागि पहिले घोषणा गरेको उम्मेदवारको नाम परिवर्तन गरेको छ। पार्टीको केन्द्रीय कार्यालयबाट जिल्ला निर्वाचन कार्यालय कैलालीलाई पठाइएको पत्रअनुसार, हरि रेग्मीको नाम हटाइ खेमराज कोइरालालाई आधिकारिक उम्मेदवार बनाइएको हो।

रास्वपाका अध्यक्ष रवि लामिछानेको हस्ताक्षरसहितको पत्रमा पार्टीको आन्तरिक निर्णयअनुसार उम्मेदवार परिवर्तन गरिएको उल्लेख छ। पत्रमा, पहिले दर्ता भएका हरि प्रसाद रेग्मीको नाम खारेज गरी खेमराज कोइरालालाई आधिकारिक उम्मेदवार कायम गर्न निर्वाचन कार्यालयसँग अनुरोध गरिएको छ।

चासोको विषय के हो भने, पत्र जिल्ला निर्वाचन कार्यालय, कैलाली निर्वाचन क्षेत्र नं. ४ लाई सम्बोधन गरिएको छ। पार्टीले उम्मेदवार परिवर्तनको विस्तृत कारण सार्वजनिक गरेको छैन, तर स्थानीय राजनीतिक वृत्तमा यसले निर्वाचन समीकरणमा असर पार्ने चर्चा चलेको छ।

निर्वाचन अधिकृत हरिप्रसाद आचार्यका अनुसार, रेग्मीले १२:२० बजे बाजागाजा र तामझामसहित उम्मेदवारी दर्ता गराए, तर पछि खेमराज कोइरालाले १ बजे दर्ता गरेपछि रेग्मीको उम्मेदवारी हटाइएको हो।


 

कमेन्ट लोड गर्नुस