सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका ४ जना युवक लागूऔषध र प्रतिवन्धित औषधीसहित पक्राउ

२०८२ माघ ७, ०८:१९ खबर संवाददाता

धनगढीः धनगढीका ४ जना युवक लागूऔषध र प्रतिवन्धित औषधीसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका–७ बस्ने २८ वर्षीय फुलचन राना र धनगढी उपमहानगरपालिका–१६ बस्ने बर्ष २० को विवेक राना लागूऔषधसहित पक्राउ परेका हुन्। यी दुबै जनालाई १ ग्राम ७६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित फेला पारी उक्त पदार्थ दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। साथै पक्राउ परेका दुई जना मध्ये फुलचन राना जिल्ला अदालत कैलालीबाट लागूऔषध मुद्दामा २ महिना २६ दिन कैद सजाय तोकिएको फरार प्रतिवादि समेत रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यसैगरी धनगढी उपमहानगरपालिका–४ शहिदगेटबाट सोही ठाउँ बस्ने २१ वर्षीय सन्दिप अधिकारीसमेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। यी दुबै जनालाई प्रिगाब्लीन ट्याब्लेट थान–१४ र एन्टिकप ट्याब्लेट थान–६ प्रतिवन्धित लागूऔषध फेला पारी उक्त लागूऔषधसहित दुवै जनालाई अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस