चुनावका लागि भारतले दिएका ६१ गाडी नेपाल आइपुगे
काठमाडौं: फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारतले सहयोग गर्ने भनिएका ३८८ मध्ये ६१ वटा काठमाडौं आइपुगेका छन् । काठमाडौं आइपुगेका गाडी मंगलबार भारतको तर्फबाट हस्तान्तरण गर्न लागिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले बताए ।
गाडी हस्तान्तरण गृह मन्त्रालयमा हुँदैछ । भारतले अनुदान सहयोगमा प्रदान गरेको गाडीहरु निर्वाचनमा प्रयोग गरिने सहसचिव काफ्लेले जानकारी दिए । निर्वाचनमा प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले ३७७ वटा गाडी खरिद प्रक्रिया अघि बढाएका छन् । प्रहरीले खरिद प्रक्रिया सुरू गरेको ईभी गाडी पनि काठमाडौं आइपुगेका छन् ।
प्रदेश सरकारहरुले पनि निर्वाचनमा प्रहरीलाई गाडी प्रदान गर्ने प्रतिबद्धता जनाएको सहसचिव काफ्लेले बताए ।