सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली- ५ मा काँग्रेसबाट शाहको उम्मेदवारी

२०८२ माघ ६, ०३:११ खबर संवाददाता

धनगढी: नेपाली काँग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ मा नरनारायण शाह मनुले उम्मेदवारी दर्ता गराएका छन्। शाह काँग्रेस सुदूरपश्चिम प्रदेश समितिको महामन्त्री तथा काँग्रेस कैलालीका पूर्वसभापति हुन्। 

काँग्रेस क्षेत्रीय समितिले यो क्षेत्रबाट उम्मेदवारका लागि नेतृ शाहसहित चार जनाको नाम सिफारिस गरेको थियो। 

कैलाली-५ बाट डाक्टर आर्जु राणा देउवा, नरनारायण शाह, डिल्लीराज पन्त र नृपबहादुर वडलाई सिफारिस गरेको थियो। तर, पार्टीले भने यो पटक शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

कमेन्ट लोड गर्नुस