सुदूर नेपाललाई विश्वसँग जोड्दै

झापा–५ मा बालेन्द्र साहको उम्मेदवारी

२०८२ माघ ६, ०१:३४ खबर संवाददाता

दमक: काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ९बालेन० झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

उनको समर्थकमा भेषराज भट्टराई र प्रस्तावकमा भूमिनन्दन बराल रहेका छन्। रञ्जित तामाङलाई उम्मेदवार बनाएको नेकपाले प्रतिस्पर्धा गर्दै आएको छ।

मंगलबार बालेन सयौं समर्थकका साथ निर्वाचन कार्यालय पुगेका थिए। समर्थकहरूले नाराबाजी र झाँकीसहित उनलाई कार्यालयसम्म पुर्‍याएका थिए।

उनको उम्मेदवारीले झापा–५ मा चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ। रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गरेका बालेन र एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच मुख्य भिडन्त हुने अनुमान गरिएको छ।
 

कमेन्ट लोड गर्नुस