सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली ४ मा उम्मेदवारी मनोनयन दर्ताको लागि यस्तो छ कार्यतालिका

२०८२ माघ ६, ०८:४७ खबर संवाददाता

धनगढीः निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ ले उम्मेदवारी मनोनयनको कार्यतालिका सार्वजनिक गरेको छ।

सोमवार निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि फागुन ६ गते मंगलवार उम्मेदवारी मनोनयनका लागि कार्यतालिका सार्वजनिक गरेको हो। निर्वाचन कार्यतालिका अनुसार मंगलवार (आज) बिहान १० बजे श्रम संस्कृति पार्टीको मनोनयन दर्ताको लागि समय तोकिएको छ।  

१०ः३० मा नेशनल रिपब्लिकन नेपाल, ११ बजे मितेरी पार्टी नेपाल, ११ः३० बजे नेपाल मजदुर किसान पार्टी, १२ बजे नेपाल कम्युनिष्ट पार्टी, १२ः३० बजे उज्यालो नेपाल पार्टी, १ बजे राष्ट्रिय जनमोर्चाका लागि समय निर्धारण गरिएको छ। यस्तै १ः१५ बजे नागरिक उन्मुक्ति पार्टी नेपाल, १ः३० बजे राष्ट्रिय प्रजातन्त्र पार्टी, २ बजे नेकपा एमाले, साढे २ बजे नेपाल मानवतावादी पार्टी, ३ बजे नेकपा माओवादी, साढे ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टी र ४ बजे नेपाली कांग्रेसले मनोनयन दर्ता गर्ने समय तोकिएको छ। निर्वाचन अधिकृत हरि प्रसाद आचार्यले मनोनय दर्तालाई व्यवस्थित बनाउन समय तालिका प्रकासन गरिएको बताएका छन्। उनले मनोनयन दर्ता बिहान १० देखि ५ बजे सम्म गर्न सकिने बताए।

कमेन्ट लोड गर्नुस