डोटीमा केआई सिंह राजमार्ग मर्मतका कारण ६ दिन आंशिक रूपमा बन्द
डोटी: डोटीमा केआई सिंह राजमार्गअन्तर्गत दिपायल सिलगढी नगरपालिका–४ को पिपल्ला बजार–कुलपाते सडकखण्ड छ दिनसम्म बिहान र साँझ आंशिक रूपमा बन्द हुने भएको छ। सडक मर्मत तथा मोड सुधारको काम भइरहेकाले माघ ७ गतेदेखि १२ गतेसम्म निश्चित समयमा सवारी आवागमन रोक लगाइने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।
प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ६स्३० बजेदेखि ९ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहनेछ। यो निर्णय गत माघ २९ गते सुरक्षा निकायसहित सरोकारवाला निकायहरूको बैठकबाट गरिएको हो।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोजबहादुर ऐडीद्वारा जारी सूचनामा तोकिएको अवधिमा सवारी आवागमन बन्द रहने विषयमा सबै सरोकारवालालाई जानकारी गराइएको उल्लेख छ। सडक सुधार कार्यलाई सुरक्षित, व्यवस्थित र छिटो सम्पन्न गर्न तथा सडक प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको प्रशासनले जनाएको छ।