सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा निर्वाचन प्रहरीका लागि १६ हजारले दिए आवेदन, पहाडी जिल्लामा मागभन्दा कम

२०८२ माघ २, ०२:४५ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीका लागि माग गरिएको संख्याभन्दा बढी आवेदन परेको छ। प्रदेशभर १३ हजार ६६९ जना निर्वाचन प्रहरी माग गरिएकोमा बिहीबारसम्म १६ हजार १९३ जनाले आवेदन दिएका छन्।

तर प्रदेशका केही पहाडी जिल्लामा भने मागअनुसार आवेदन परेको छैन। जिल्ला प्रहरी कार्यालयमार्फत सार्वजनिक विवरणअनुसार अछाम, डोटी, बझाङ, डडेल्धुरा र बैतडीमा माग गरिएको संख्याभन्दा कम आवेदन परेको हो। अछाममा १ सय ७६, डोटीमा ९०, बझाङमा ३८, डडेल्धुरामा १ सय ३७ र बैतडीमा २ सय ५९ जना कम आवेदन दर्ता भएको छ।

अछाममा १ हजार ४६३, डोटीमा १ हजार ४०, बझाङमा १ हजार ४८४, डडेल्धुरामा ९ सय ४४ र बैतडीमा १ हजार २७९ जना निर्वाचन प्रहरीका लागि आवेदन माग गरिएको थियो।

यता, तराईका जिल्ला कैलाली र कञ्चनपुरमा भने मागभन्दा धेरै आवेदन परेको छ। कैलालीमा ३ हजार ५७६ जना माग गरिएकोमा ५ हजार १५१ जनाले आवेदन दिएका छन् भने कञ्चनपुरमा २ हजार ३५ जना माग हुँदा २ हजार ९०६ जनाको आवेदन परेको छ।

यसैगरी, पहाडी जिल्ला बाजुरा र दार्चुलामा पनि माग गरिएको संख्याभन्दा बढी आवेदन परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस