विशेष महाधिवेशन पक्षधर काँग्रेसको प्रवक्तामा चालिसे
२०८२ माघ १, ०३:५२
काठमाडौँः विशेष महाधिवेशन पक्षबाट निर्वाचित नेपाली काँग्रेसको प्रवक्ता देवराज चालिसे नियुक्त भएका छन्। कुपण्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले चालिसेलाई नियुक्त गरेको हो।
गएराति विशेष महाधिवेशनबाट सभापति गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल विजयी भएका थिए।
महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन्।
कमेन्ट लोड गर्नुस