सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति पौडेल बागलुङमा

२०८२ माघ १, १२:४३ रासस

बागलुङः राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा आएका छन्। बागलुङ नगरपालिका–१३ पैयुँपाटस्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा सहभागी हुन उनी नेपाली सेनाको हेलिकप्टरमा केहीबेरअघि यहाँ आइपुगेका हुन्। 

राष्ट्रपति पौडेललाई हेलिप्याडमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले स्वागत गरे।

कमेन्ट लोड गर्नुस