कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ
कैलाली: धनगढी उपमहानगरपालिका–१ स्थित बसन्त टोलबाट लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो करिब ३ः४५ बजे शंकास्पद रूपमा हिँडिरहेका धनगढी उपमहानगरपालिका–१ बसन्त टोल निवासी १८ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट ४१० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको हो ।
फेला परेको लागूऔषधसहित चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ । यस घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।