सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोकतान्त्रीक गैसस महासंघ कैलालीको अध्यक्षमा धामी

२०७६ साउन २८, ०५:२६ खबर संवाददाता

लोकतान्त्रीक गैरसरकारी संस्था महासंघ कैलालीको जिल्ला अध्यक्षमा देवबहादुर धामी सर्वसम्मत चयन भएका छन्। मंगलबार भएको तेश्रो जिल्ला अधिवेशनले धामीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा बिन्दा देवल, सचिवमा डण्डीराज सुवेदी, सह–सचिवमा चक्र नेपाली, कोषाध्यक्षमा वेद अवस्थी रहेका छन्। सदस्यहरुमा प्रेम ढुगाङना, बिनिता महर, कञ्चन माया तामाङ र प्रितम चौधरी रहेका छन्।

कमेन्ट लोड गर्नुस