सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा हातहतियार तथा खरखजाना बुझाउन जिल्ला प्रशासनको निर्देशन

२०८२ पुष ३०, ११:५१ खबर संवाददाता

बाजुरा: जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाभित्र रहेका सबै प्रकारका हातहतियार तथा खरखजाना अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ। प्रशासनले २०८२ साल माघ १५ गतेभित्र इजाजतप्राप्त वा इजाजत नलिई व्यक्तिगत रूपमा राखिएका भरुवा बन्दुकसहितका हातहतियार जिल्ला प्रहरी कार्यालय बाजुरा वा नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरेको छ।

मङ्गलबार जारी गरिएको सूचनामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भरपर्दो र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले यस्तो निर्देशन जारी गरिएको उल्लेख गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले तोकिएको समयसीमाभित्र हातहतियार तथा खरखजाना नबुझाए प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेका छन्।

उनका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले उक्त सूचना जारी गरेको हो।
 

कमेन्ट लोड गर्नुस