दिनेशखबरका पूर्व सम्पादक पनेरुलाई पितृ शोक
धनगढीः दिनेशखबरका पूर्व सम्पादक नवराज पनेरुलाई पितृ शोक परेको छ।
पनेरुको बुवा भगिरथ पनेरुको ७९ वर्षको उमेरमा मंगलवार निधन भएको हो। मृतक पनेरुको आजै अन्त्येष्टि गरिने भएको छ। धनगढी उपमहानगरपालिका–१३ श्रीलंका निवासबाट बुधबार विहान ९ बजेबाट गोदावरी आर्यघाटका लागि महाप्रस्थान यात्रा निकालिएको परिवारले जनाएको छ। दुःखको यस घडीमा देहत्याग गरेको आत्माको उत्तमगतिको कामना गर्दै, शोकाकुल परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून्। दिनेशखबर परिवारको तर्फबाट मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछौँ।