सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा सहसंयोजकले लिए शपथ

२०८२ पुष २९, ०२:५७ खबर संवाददाता

काठमाडौंः नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन्। जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग उनीहरूले शपथ लिएका हुन्। उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन्।

जस अन्तर्गत पार्टी एकता जोगाउने, स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउने लगायतका विषय छन्। सबैखाले प्रतिक्रियावादी शक्ति, गलत बिचार र गलत व्यवहारका विरुद्ध दृढतापूवर्एक जुद्धिरहने प्रतिज्ञा समेत गरेका छन्।

तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ। नवगठित पार्टीको केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन्।

शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्र समेत हस्तान्तरण गरेका छन्। अब उनीहरूले अन्य केन्द्रीय सदस्यहरूलाई शपथ गराउनेछन्। २४९९ केन्द्रीय सदस्यलाई शपथ खुवाउने तयारी छ।

कमेन्ट लोड गर्नुस