सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुवै दाजुभाइ एकैदिन सम्मानित

२०८२ पुष २५, १०:०५ खबर संवाददाता

धनगढी: डोटी जिल्लाको विकट बोगटान गाउँपालिका वडा नम्बर ३, लयाँटी गाउँमा जन्मिएका दाजुभाइ यमराज जोशी र खेमराज जोशी एकै दिन फरक–फरक कार्यक्रममा सम्मानित भएका छन्।

शिक्षा क्षेत्रमा विद्यार्थी अधिकार, सिकाइ प्रवर्द्धन तथा सामाजिक कार्यमा लामो समयदेखि सक्रिय रहेका कैलाली बहुमुखी क्याम्पसका पूर्व स्ववियु अध्यक्ष यमराज जोशी धनगढीस्थित चैतन्य पाठशालाले आयोजना गरेको दोस्रो विद्यार्थी महोत्सवमा सम्मानित भए।

त्यसैगरी, जोशीपुर क्षेत्रमा पत्रकारिता र समाजसेवामा सक्रिय खेमराज जोशीलाई जोशीपुर जेसिजद्वारा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो।

एकै गाउँमा जन्मिएका दाजुभाइले आ–आफ्नो क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप एकै दिन सम्मान पाउनु स्थानीय समुदायका लागि गर्वको विषय बनेको छ।
 

कमेन्ट लोड गर्नुस