सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से ४.५९ अंक बढेर बन्द, कारोबार रकम घट्यो

२०८२ पुष २४, ०३:५२ खबर संवाददाता

 काठमाडौँः  सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ४.५९ अंकले बढेर बन्द भएको छ। बुधबार १३.३५ अंकले घटेर नेप्से २ हजार ६ सय ३५.९४ विन्दुमा बन्द भएको थियो।

बिहीबार ४.५९ अंकले बढेर २ हजार ६ सय ४०.५४ अंकमा उक्लेको हो। अघिल्लो दिनको तुलनामा बिहीबारको नेप्से ०.१७ प्रतिशतले बढी हो।

बिहीबार कारोबारमा आएकामध्ये १२९ कम्पनीको सेयर मूल्य बढ्यो, ११५ कम्पनीको मूल्य घट्यो र १५ कम्पनीको स्थिर रहयो। यसदिन सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या कम भएकाले समग्र नेप्से सामान्य अंकले बढेको हो।

बिहीबार दिन कुल ६९ हजार २६१ पटकको सेयर कारोबारमा १ करोड ४ लाख ३१ हजार ७ सय ६० कित्ता सेयर किनबेच भए। ती किनबेचमा ४ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो। गत बुधबार सेयर बजारमा ५ अर्ब १७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र लघुवित्त वित्तीय संस्थाको परिसूचक घटे । बाँकी सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से सामान्य अंकले बढेको हो।

कमेन्ट लोड गर्नुस