सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपा बैतडीको अधिवेशन पौष २७ गते हुने 

२०८२ पुष २३, ०३:३१ खबर संवाददाता

बैतडी:  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बैतडीले आफ्नो जिल्ला अधिवेशन पौष २७ गते आयोजना गर्न लागेको छ। अध्यक्ष इन्द्रदेवशरण भट्टका अनुसार दश ओटै पालिकामा अधिवेशन सम्पन्न गरेपछि राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीको अवसरमा यो अधिवेशन राखिएको हो।

अधिवेशनमार्फत जिल्लामा पार्टीको नयाँ नेतृत्व चयन हुने छ। तयारी प्रक्रिया भइसकेको र १० ओटै स्थानीय तहमा अधिवेशन सम्पन्न गर्दा पार्टीप्रति आकर्षण देखिएको अध्यक्ष भट्टले बताए।

यसै अवसरमा राप्रपाले बैतडी सदरमुकाम गोठलापानीमा चियापान समारोह पनि आयोजना गर्नेछ, जसमा सबै राष्ट्रप्रेमीहरूलाई आमन्त्रित गरिएको छ।

कमेन्ट लोड गर्नुस