सुदूर नेपाललाई विश्वसँग जोड्दै

छोराको जन्मदिनमा विद्यार्थीलाई कपडा वितरण

२०८२ पुष २३, ०१:४९ खबर संवाददाता

धनगढीः धनगढीका उपमहानगरपालिका–१२ जुगेडा ए गाउँका युग जोशीको जन्मदिनको अवसरमा सी गाउँ स्थित  शारदा माध्यमिक विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीलाई लत्ताकपडा वितरण गरिएको छ।

युग जोशीकी आमा कल्पना जोशीले आफु अध्ययन गरेको विद्यालयमा आफ्नो छोराको जन्मदिनको अवसरमा आर्थिक रूपमा कमजोर तथा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले लत्ताकपडा वितरण गरिएको बताईन। विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक लत्ताकपडा हस्तान्तरण गरिएको थियो।

विद्यालय प्रशासनले विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोगले अध्ययनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ। जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोडेर सहयोग गरेको उनले बताईन्। कल्पना जोशी हाल नेपाल प्रहरीमा कार्यरत रहेकी  छन्।  
 

कमेन्ट लोड गर्नुस